इन्धन भर्न लाइनमा पालो कुर्दै गर्दा २ जनाको मृत्यु

एजेन्सी 
कोलम्बो, ७ चैत
श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । चरम अभाव र आकाशिदो मूल्य बृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले भने । 

केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँसम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेर बसेका देखिन्छन् । देशले स्वतन्त्र राष्ट्रको रूपमा इतिहासको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ । 

देशमा अत्यावश्यक वस्तुको आपूर्ति घटिरहेको छ । रकम अभावसँगै अत्यावश्यक वस्तुको आयात घटेको  छ । यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि रद्द गरेको थियो । परीक्षा रद्द हुँदा लाखौँ मानिस प्रभावित भएका थिए । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्