धादिङमा साकोसहरुको जिल्ला स्तरीय सम्मेलन,मिश्रको संयोजकत्वमा म्यानेजर कल्ब गठन

धादिङ,०७ चैत।   धादिङबेशीमा साकोसहरुको जिल्ला स्तरीय सम्मेलन सम्पन्न भएको छ ।  

आईतबार धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको सम्मेलनमा सहकारी संचालनका नितीगत व्यवस्था, साकोस अभियानको सुदृढिकरण र सकारात्मक दृष्टिकोण सम्बन्धि सहजीकरण गरिएको धादिङ बचत संघकी उपाध्यक्ष चमेली बगाले काप्रीले बताउनुभयो।  

कार्यक्रममा जनकल्याण साकोसका कार्यकारी प्रमुख डा.कृष्णकान्त मिश्रको संयोजकत्वमा ९ सदस्यीय म्यानेजर कल्ब गठन गरिएको छ ।  

वागमतीप्रदेश सहकारी विभागका रजिस्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सहकारी संघका कोषाध्यक्ष टाप बहादुर श्रेष्ठ, जिल्ला सहकारी संघका रामचन्द्र आचार्य लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्