देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३ हजार १३५

धादिङ,०७ चैत।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७५२ जनाको परीक्षण गर्दा ४५ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १३५ बाँकी रहेका छन्।

देशभरका प्रयोगशालाबाट आज २ हजार ९७८ जनाको पीसीआर गर्दा ४१ जना र १ हजार ७७४ जनाको एन्टिजेन परिक्षणमा ४ गरी ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आईतबार ३७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १८ हजार २७९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६३ हजार १११ पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

यसैगरी पछिल्लो केही साता यता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको मन्त्रालयका सह–प्रवत्ता डा.अधिकारीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्