दुर्घटनाग्रस्त विमानको भग्नावशेषमा खोजी कार्य जारी

बेइजिङ–चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ । 
१३२ यात्रु सवार चाइना इस्र्टनको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो ।

छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ । सो विमान सोमबार दिउसो  कुन्मिङ शहरबाट गुआन्झोउका लागि उडेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्