थप ३८ जनालाई कोरोना सङ्क्रमण,२६९ जना स्वस्थ हुदाँ मृत्यु शून्य

धादिङ,०९ चैत।
नेपालमा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार ३७६ कोरोना परीक्षण गर्दा जम्मा ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले प्रेस बिफ्रिङका क्रममा बताउनुभयोे।

देशभर ३ हजार ८५५ आरटी पिसिआर परीक्षणमा ३४ जना र १५ सय २१ एन्टिजेन परीक्षण गर्दा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये २ सय ६९ जना स्वस्थ भएका छन् भने संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६३ हजार ८६१ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४५३ रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ३६१ कोभिड संक्रमित भएको मन्त्रालयद्धारा सार्वजनिक अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्