थाहा पाउनुहाेस् तपाईंकाे आजको राशिफल

काठमाडाैं, १० चैत

२०७८, चैत महिनाको १० गते विहीबार । तद्नुसार मार्च महिनाको २४ तारिक २०२२ । फागुनकृष्णपक्ष सप्तमी तिथि, ज्येष्ठा नक्षत्र, सिद्धि योग, विष्टि करण र चन्द्रमा वृश्चिक राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः०६ मा भएकाे छ भने सूर्यास्त १८ः२६ मा हुनेछ । विहान ११ः४६ देखि १२ः३४ सम्म अभिजित मुहूर्त रहेको । मध्यान्हपछि १ः४२ देखि ३ः१४ सम्मको समय राहुकाल रहेको छ । राहुकाल भएको समयमा कुनै पनि शुभकार्य नगर्नु भनिएको छ । आजको देवता गणेश ग्रहदेव मंगल रहेको छ । विहीबारको दिन अध्ययन, लेखन र शिक्षा र सेवा सम्बन्धी काम गर्न सकिन्छ । शिवालय र देवालयको यात्राका लागि पनि बिहीबारको दिन उपयुक्त मानिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवामूलक कामबाट तपाईलाई आजको दिन सम्मान मिल्नेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । विहान सूर्योदयको दर्शन गर्नाले मनमा उर्जा थपिने छ ।  नयाँ कामको शुरुवात हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आजको दिन कसैँसँग विवाद नगर्नुहोला । आज मौन रहन उत्तम हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो काम र स्वास्थ्यमा ध्यान दिनु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकहरुको लागि आजको दिन तपाईको सोचअनुसार नैं काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुभयो भने उर्जा थपिने छ । कुनै नयाँ कामको लागि तपाईलाई प्रस्ताव आउन सक्छ । आफ्नो कामलाई जिम्मेवारपूर्ण ढंगले गर्नुभयो भने तपाईको मनमा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । आजको दिन अध्यात्म कार्यको लागि समय दिनुहोला । भजन र कीर्तन श्रवण गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आजको दिन परिवारका सदस्य र कन्यालाई भोजन गराउनु होला ।  

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । आर्थिक लाभ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यतापूर्वक काम गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । कुनै पनि शुभकार्य गर्दा सफलता मिल्नेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको सम्झना र ध्यान गर्नुहोला । ध्यान, साधना र मौनको आवश्यकता देखिन्छ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ अध्ययन, चिन्तन र सिर्जनात्मक काममा समय खर्च गर्नुहोला । आज कुनै नयाँ पुस्तक अध्यननको शुरुवात गर्दा उत्तम हुनेछ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्