धादिङ उद्योग वाणिज्य संघको अधिवेशन नरोक्न अन्तरिम आदेश

धादिङ, १० चैत

धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ ।

धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सार्न लागिएको भन्ने हल्ला चलिरहेको बेला आज जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो ।

धादिङ उद्योग वाणिज्य संघ धादिङले चैत १० देखि १२ गते सम्म २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन गर्न सुचना जारी गरिसकेका अवस्थामा  चुनाव सार्न लागिएको भन्दै एमाले र काग्रेस निकट ब्यवसायीहरु चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै अदालत पुगेको थिए । यसरी अदालत जानेमा एमाले निकट यवसायी तिलक सिंखडा र कांग्रेस निकट व्यवसायी राजकुमार श्रेष्ठ रहेका छन् । 

सूचना जारी भए सँगै धादिङ उद्योग वाणिज्य संघको चुनावको चहलपहल ब्यापक  भैसकेको थियो । कांग्रेस र एमालेको एउटा गठबन्धन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अर्को गठबन्धन बीच चुनाव हुने तयारी छ ।

अधिबेशनमा कांग्रेस एमाले गठबन्धनले विष्णु प्रसाद थपलियालाई र माओवादी केन्द्र र एकीकृत समाजवादीले पूर्व अध्यक्ष समेत रहेका बोदनाथ दुवाडीलाई अध्यक्ष पदमा अगाडी सारेको छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्