पछिल्लो २३ घण्टामा ३५ संक्रमित थपिए, २ सय ६६ जना डिस्चार्ज

धादिङ,१० चैत्र ।
नेपालमा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार २६८ कोरोना परीक्षण गर्दा जम्मा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३ हजार ८८१ आरटी पिसिआर परीक्षणमा ३२ जना र १३ सय ८७ एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये २ सय ६६ जना स्वस्थ भएका छन् भने संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६४ हजार १२७ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २१९ रहेको छ ।

देशभर आजसम्म ११ लाख १८ हजार ३९६ कोभिड संक्रमित भएको मन्त्रालयद्धारा सार्वजनिक अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्