दन्त उपचारमा धादिङबासीलाई २५ प्रतिशत छुट

धादिङ,१० चैत
दन्तरोग सम्बन्धीको उपचारमा धादिङबासीलाई २५ प्रतिशत छुट दिने भएको छ।

अन्तराष्ट्रिय धादिङ समाज र डेण्टल डक्टर क्लिनिकबिच द्धिपक्षीय सम्झौता भए अनुसार धादिङबासी र गैर आवासीय नेपालीहरुलाई २५ प्रतिशत छुट दिने भएको हो ।

धादिङ जिल्लामा बसोबास गर्ने जो कोहिले पनिउक्त छुट पाउने अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो। काठमाण्डौको शंखमुलमा रहेको उक्त डेण्टल क्लिनिकमा गएर सेवालिन सकिने छ।

छुट प्राप्त गर्नको लागिभने धादिङ जिल्लाबासी भएको परिचयपत्र खुल्ने प्रमाण आवश्यक पर्ने छ ।वि.स. २०८९ सालदेखी लागु हुने उक्त सम्झौता २०८१ बैशाख १ गते सम्मजारी रहने छ ।

अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट अध्यक्ष राजन खकुराल र डेण्टल डक्टर क्लिनिक प्राईभेट लिमिटेडका तर्फबाट निर्देशक प्रो.डा.मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्