वन डढेलो सचेतना सप्ताह: कर्णेश्वर माविमा वन डढेलो सचेतना तथा इको क्लव पुर्नगठन

धादिङ,११ चैत।
वन डढेलो सचेतना सप्ताहको अवसरमा कर्णेश्वर माविमा सचेतना तथा इको क्लवको पुर्नगठन गरिएको छ । वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश हेटौडाको आह्वान तथा डिभिजन वन कार्यालय धादिङको आयोजनामा बिहिबार नीलकण्ठ नगरपालिका–७ मा रहेको कर्णेश्वर माविमा सचेतना तथा इको क्लवको पुर्नगठन गरिएको हो।

No description available.

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक वन अधिकृत प्रदिपनाथ शर्माको प्रमुख आतिथ्यता तथा लेखा अधिकृत सन्तोष राईको बिशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी, बिद्यालयका ब्यवस्थापन समितिका सदस्यहरु, सामुदायिक वनका उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयबाट बतासे पाखा महिला सामुदायिक वनसम्म ¥याली समेत निकालिएको थियो ।कार्यक्रममा वन संरक्षण अभियान्ता भुमिरमण नेपालले वन डढेलो नियन्त्रणका लागी आ आफनो स्थान बाट सवै एक जुट भएर लाग्नुपर्ने वताउनुभयो ।

No description available.

यस्तै वन डढेलो सचेतना सप्ताहकै अवसरमा बिद्यालयमा आयुषा बिश्वकर्माको अध्यक्षतामा नौ सदस्य इको क्लव पुर्नगठन गरिएको छ ।चैत्र ७ गते देखि सुरु भएको सचेतना सप्ताह चैत्र १३ गते सम्म संचालन हुने छ।डिभिजन वन कार्यालय धादिङले सचेतना सप्ताहको अवसरमा बिभिन्न स्थानमा बिबिध कार्यक्रम संचालन गर्दै आएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्