न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा

काठमाडौं, ११ चैत

न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ । बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् ।

१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ ।

विस २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए । 

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियने ।  कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्