४ हजार ३४२ नमुना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य

धादिङ,११ चैत्र ।

नेपालमा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ४ हजार ३४२ कोरोना परीक्षण गर्दा जम्मा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभर २ हजार ८२२ आरटी पिसिआर परीक्षणमा १२ जना र १५ सय २० एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये २ सय २१ जना स्वस्थ भएका छन् भने संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६४ हजार ३९८ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६० रहेको छ।

देशभर आजसम्म ११ लाख १८ हजार ४१४ कोभिड संक्रमित भएको मन्त्रालयद्धारा सार्वजनिक अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्