बेनिघाट रोराङ–८ बिदाङको कालिका माविमा बाल पुस्तकालय उद्घाटन

धादिङ,११ चैत।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ बिदाङमा रहेको कालिका माध्यमिक बिद्यालयमा कालिका बाल पुस्तकालयको उद्घाटन गरीएको छ । शुक्रबार एक कार्यक्रमका बिच बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले उद्घाटन गर्नुभएको हो।

No description available.

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् बेनिघाटरोराङ वडा नं ८ का वडाध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको पुस्तकालय उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष डल्लाकोटीले बिद्यालयमा पुस्तकालय स्थापनापछि गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने बताउनु भयो ।बिद्यार्थीहरुको सिकाई उपलब्धीमा सुधार, अध्ययन गर्ने बानीको बिकास हुनुका साथै बाह्य ज्ञानमा समेत बृद्धि हुने अध्यक्ष डल्लाकोटीले बताउनुभयो।

No description available.

यस्तै कार्यक्रममा चाईल्ड फण्ड जापानका देशिय प्रमुख हिरोयुकी ताकिताले बिद्यालयका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धिमा सहयोग गर्ने उदेश्यले स्थानीय साझेदार प्रयास नेपाल मार्फत पुस्तकालय स्थापनामा सहयोग गरिएको र यसरी धादिङको दक्षिणी बिकट भौगोलिक स्थानका बालबालिकाहरुको लागि सहयोग गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।देशिय प्रमुख ताकिताले पुस्तकालयको माध्यमबाट पनि बालबालिकाहरुको शैक्षिक विकास भुमिका हुने भएकोले बालबालिकाहरु सहज रुपमा पुस्तकालयमा पहुँच बढाउन बिद्यालयले बिशेष ध्यान दिनु हुने अपेक्षा गरेको समेत बताएका छन् ।

No description available.

यसैगरी प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यार्थीहरुको शैक्षिक उपलब्धी बृद्धि गर्न पुस्तकालयले थप सहयोग पुर्याउने बताउनुभयो। पुस्तकालयको व्यवस्थापन, महत्वका र प्रयोग साथै कक्षा शिक्षण गर्दा पाठ्यपुस्तक मात्रै भन्दा पनि पाठ्यक्रमले तोकेको सिकाई हाँसिल गर्न ध्यान दिनुपर्ने भन्दै नियमित प्रयोग र दिगोपनामा ध्यान दिन आग्रह गर्नु भएको छ ।

No description available.

पुस्तकालयको लागि प्रयत्नशिल सामुदायिक विकास समाज(प्रयास)नेपाल र चाइल्ड फण्ड जापानको साझेदारीमा सञ्चालित सुनौलो भविष्यका लागि शिक्षा कार्यक्रम अन्तरगत ७ लाख बराबरको पुस्तक, फर्निचर र शैक्षिक सामाग्री सहयोग गरेको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो।

No description available.

शुक्रबार उद्घघाटन भएको पुस्तकालयमा २ हजार ४ सय ६४ पुस्तक रहेका छन्। उक्त पुस्तकालयबाट विद्यालयमा रहेका ३ सय ५२ जना विद्यार्थी र १२ जना शिक्षक लाभान्वित हुने कार्यक्रम संयोजक सुमन ज्ञवालीले बताउनुभयो।७५ प्रतिशत भन्दा बढी चेपाङ समुदायको बालबालिका अध्ययन गर्ने कालिका माध्यमिक बिद्यालयमा पुस्तकालय स्थापना पछि अभिभावक, शिक्षक तथा बिद्यार्थीहरु खुशी भएका सुमित्रा चेपाङले जानकारी दिनुभयो।

No description available.

बालबालिकाहरुले बिविध सांस्कृतिक कार्यक्रम प्रस्तुति सहित भएको कार्यक्रममा कालिका बाल क्लबका उपाध्यक्ष देबराज श्रेष्ठ र सचिव रेश्मा चेपाङले कालिका माध्यमिकमा पु्स्तकालय स्थापनाले बालबालिकाहरुमा हुने फाईदा र पुस्तकालय व्यवस्थित रुपमा संचालनमा बालक्लबको भुमिकाको बारेमा भनाइ राखेका थिए ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम वडा नं ८ का वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डल्लाकोटिको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष देबि प्रसाद सिलवाल, चाईल्ड फण्ड जापानका देशिय प्रमुख ताकिता, प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, बिद्यार्थी लगायतको उल्लेख उपस्थिती रहेको बिदाङबाट प्रयास नेपाल धादिङका सहजकर्ता सबिना चेपाङले जानकारी दिनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्