देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन एमाले अध्यक्ष ओलीको जोड

काठमाडौं, १२ चैत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लागे मात्रै आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए ।

पार्टी मातहतका उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै उनले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे । ‘देशलाई आधुनिकीकरणतर्फ लाने कुरा उत्पादनमा नविनता नयाँ नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आधुनिक बनाउनु प¥यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नु प¥यो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विकास पनि एक प्रकारको आधुनिकीकरणनै भएको बताए ।

त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र जसले गर्दा आयात प्रतिस्थापन नहुने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्