द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री सिंहदरबार पुगे 

काठमाडौं, १२ चैत 

नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्नेछन् भने  चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नेछन् । 

बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्