मकवानपुरसँग धादिङको महिला फुटबल टिम १–० ले पराजित

धादिङ,१२ चैत।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धादिङको महिला फुटबल टिम उप–विजेता बनेको छ।

शनिबार धुलीखेल रंगशालामा भएको फाईनलमा खेलमा मकवानपुरसँग १–० गोलअन्तरले पराजित हुदैँ धादिङ टिम उप–विजेतामा सिमित भएको हो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्त्यमा थपिएको अतिरिक्त समयमा मकवानपुरले गोल गर्दा धादिङको महिला फुटबल टिम उप–विजेतामा रोकिएको हो ।

क्वाटर फाईलनलमा काठमाडौंलाई २–१ ले हराउदै सेमिफाईनल पुगेको धादिङको महिला फुटबल टिमले सेमिफाईनलमा दोलखालाई ३–१ ले पराजित गर्दै फाईनल पुगेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्