प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दोमा धादिङ तीन स्वर्णसहित तृतिय

धादिङ,१२ चैत।
प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा धादिङ ३ स्वर्ण सहित तृतिय भएको छ।

नुवाकोटको म्यागङ गाउँपालिका ५ सामरीमा श्री ग्राम सेवा तेक्वान्दो डोजाङको आयोजना भएको बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा धादिङ जिल्ला ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित तृतिय भएको धादिङ टिम कोच प्रदिप गिरीले जानकारी दिनुभयो।

No description available.

बागमती प्रदेश भित्रका जिल्लाहरुबाट सहभागि उक्त प्रतियोगितामा धादिङबाट विभिन्न तौल समुहमा १६ जना खेलाडी सहभागि थिए।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष समेत रहेका धादिङका टिम कोच गिरीका अनुसार, धादिङका लागि प्रमिता तामाङ, धनबहादुर गुरुङ र सुरेश तामाङले स्वर्ण पदक, आशिका तामाङ, सुमि विश्वकर्मा र अनमोल गुरुङले रजत, आशिष कुमाल, पवन तामाङ, प्रिसेन्ट सिंखडा, अमिक्क्षा गुरुङ र नविन कुमालले कास्य पदक जितेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्