गल्छी–६ बराडाँडाका ५८ घरमा एक घर–एक धारा

धादिङ,१२ चैत।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बराडाँडाका ५८ घरधुरीमा एक घर,एक धारा जडान गरिएको छ ।गल्छी गाउँपालिकाको २० लाख र समुदायको जनश्रमदानमा सम्पन्न भएको बराडाँडा खानेपानी योजनाको शुक्रबार गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले उद्घाटन गर्नुभएको छ।

पानी भर्न घण्टौं लाईनमा बस्नु पर्ने बाध्यतामा रहेको समुदायमा एक घर एक धारा भएपछि स्थानियहरु खुशी भएका छन्।खानेपानीको चरम अभाब झेल्न बाध्य गल्छी ६ को रैकर, बरडाँडा, अम्बोटे, माझिखेत तथा गहतेका स्थानियलाई अब खानेपानीको समस्या अन्त्य भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्