धादिङका युद्ध न्यौपानेले पाए बागमती प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

धादिङ,१३ चैत।

बागमती प्रदेश स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार धादिङको धुनिबेसी नगरपालिका जिवनपुरका कृषक युद्ध न्यौपानेले पाएका छन्।ृषि क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नगद ५० हजार सहित ‘उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान गरेको हो ।

चेतना कृषि तथा पशुपन्छी फर्म मार्फत जीवनपुर स्थित ७० रोपनी जग्गामा व्यवसायिक कृषि गर्दै आएका न्यौपाने यसअघि नगद ५ लाख राशी सहितको दोश्रो कृषि तारा अवार्ड २०२१ बाट सम्मानित भएका थिए। साना किसान विकास बैंक मार्फत इजरायली दुतावासको सहयोगमा Learn & Earn कार्यक्रम अन्तर्गत इजरायल तालिममा सहभागी भई स्वदेशमा कृषि व्यवसाय गर्दै आएका न्यौपानेलाई इजरायली दुतावास र अबसर फाउन्डेशनले सम्मान गरेको थियो ।

उनलाई संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवबाट उक्त अवार्ड प्रदान गरिएको थियो । यो भन्दा अघि उनलाई कृषि ज्ञान केन्द्रले धादिङले पनि नगद सहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्