धादिङमा २ लाख ६८ हजार ४७२ मतदाता,कुन पालिकामा कति?(हेर्नुहोस सूचीसहित)

धादिङ,१४ चैत।
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आयोगको आइतवार बसेको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो ।

जसअनुसार धादिङ जिल्लामा मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेकोे छ ।यसमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ मतदाता छन्।

धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन्। यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । धादिङमा १०९ मतदान स्थल तथा ३०३ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ ।

त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।

(हेर्नुहोस सूची)

No description available.

देशभरको सूची हेर्नुहोस 

List_Final_VOteLL_Final_Voter_LL_2079

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्