त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट: नेपालसँग पपुवा न्यु गिनी पराजित

काठमाडौं, १४ चैत

कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र जोड्न सक्यो ।

पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।

पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

लयमा देखिएका भानुआलाई १८.५ ओभरमा करणले पभेलियनकाे दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो । 

यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो । 

जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्