मानवअधिकार एलाएन्स धादिङको अध्यक्षमा विनोद रिजाल

धादिङ,१४ चैत।
राष्ट्रिय मानव अधिकार सामाजिक न्यायमञ्च (मानवअधिकार एलाएन्स) धादिङको अध्यक्षमा विनोद रिजाल चयन हुनुभएको छ।

सोमबार धादिङबेसीमा भएको तेश्रो जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।जिल्ला कार्यसमितिको उपाध्यक्षमा माधव खतिवडा, सचिवमा गिता खनाल, उपसचिवमा बिनिता भट्टराई, कोषाध्यक्षमा राजन दुवाडी रहनुभएको छ।

अधिवेशन उद्घाटन समारोहमा मानवअधिकार एलाएन्सका उपमहासचिव तिलोत्तम पौडेलले सामाजिक विकास र समृद्धिका लागि मानवअधिकार एलाएन्स निरन्तर लागि रहने बताउनुभयो ।

समारोहमा नेकपा उमाले धादिङका उपसचिव राधिका सापकोटा, मानवअधिकार एलाएन्सका धादिङ इन्चार्ज मञ्जु गुरुङ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्