आज पीएनजी र मलेसिया भिड्दै

धादिङ १५ चैत
त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता मलेसिया सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

सिरिजको पहिलो खेल खेल्न लागेको मलेसिया आजको खेलमा जित निकाल्ने प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्