कृषि र पोल्ट्री विकास बिधेकका लागि सुझाब संकलन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय

धादिङ,१५ चैत।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि र पोल्ट्री विकास विधेयकका लागि सुझाव संकलन कार्य सुरु गरेको छ । कृषि क्षेत्रमा परिवर्तन गरी वैज्ञानिक कृषि पद्धति मार्फत कृषि क्षेत्रको रुपान्तरण गर्न, खाद्य र पोषण सुरक्षामा टेवा पु¥याउन र समग्र किसानको हक हितको लागि बागमती प्रदेशल कृषि तथा पशुपंक्षी मन्त्रालयले यो विधेयक ल्याउन लागेको हो ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले “प्रदेश पोल्ट्री विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को प्रारम्भिक मस्यौदा तयारीको कार्य अगाडी वढाईरहेको मन्त्रालयका प्रवक्ता तथा विधेयक मस्यौदा तर्जुमा समितिका संयोजक झलकनाथ कंडेलले जानकारी दिनुभयो।

यस विधेयकमा कृषक, व्यवसायी, सरकारी निकाय, संघसंस्था, पत्रकार लगायत सम्पुर्ण सरोकारवालाहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुरोध गरेको छ । १५ दिन भित्र सुझाव पठाउनको लागि समेत अनुरो गरेको छ ।सुझाब पठाउँदा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र मन्त्रालयमा पठाउनुहुनका लागि अनुरोध गरिएको छ ।

कृषि र पोल्ट्री विकास बिधेकका लागि सुझाब संकलन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्