अन्तःशुल्क इजाजत असोज मसान्तसम्म नवीकरण गर्न सकिने

काठमाडौं । सरकारले अन्तःशुल्क इजाजत लिएका करदाताका लागि समय थप गरिदिएको छ । अन्तःशुल्क ऐनअनुसार अन्तःशुल्क इजाजत पत्र साउन भित्र नवीकरण गरिसक्नु पर्छ । तर, कोरोना भाइरसको महामारीका यो वर्ष सरकारले अन्तःशुल्क नविकरण असोज मशान्तसम्म गर्न सकिने निर्णय गरेको हो । अर्थ मन्त्रालयबाट शुक्रबार यस्तो निर्णय भएको हो ।

यसअघि अर्थ मन्त्रालयले निकासी तथा पैठारी गर्ने कम्पनी तथा र्फमहरुले लिने एक्जिम कोड नविकरणको अवधि समेत असोजसम्म सारेको थियो । एक्जिम कोड नविकरण गर्नुपर्ने म्याद असार मसान्त हो । अर्थ मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न कठिन परिस्थिति भन्दै एक्जिम कोड नवीकरण गर्ने अवधि थप गरेको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्