धादिङ रेडक्रसको ५० औँ स्वर्ण बर्ष तथा ३५ औ बार्षिक साधारण सभा सम्पन्न

धादिङ,१९ चैत।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ५० औँ स्वर्ण बर्ष तथा ३५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

No description available.

स्वर्ण बर्षको अवसरमा रेडक्रस धादिङको कार्यालय प्राङ्गणमा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको शालिक अनावरण गरिएको छ ।शनिबार एक कार्यक्रमका बिच बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकटलले ड्युनाको शालिक अनावरण गर्नु भएको हो।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि जम्मरकटेलले रेडक्रस मानविय सेवामा समर्पित साझा संस्था भएकोले बिना भेदभाव र बिना पुर्वाग्रह काम गर्नुपर्ने बताउनुभएको छ।उहाँले आफुहरु सामाजिक न्याय सहितको समाजबाद उन्मुख, समानुपातिक समावेशी ब्यवस्थालाई कसरी ब्यवस्थित गर्ने र मानविय आबश्यकतालाई कसरी पुर्ती गर्ने भन्ने दिशामा लागीरहेकोले बिकास र सम्बृद्धिमा रेडक्रसको ठुलो योगदान रहने बताउनुभयो ।

No description available.

कार्यक्रममा जुनियर रेडक्रस सर्कलमा कार्यरत रहंदा दुर्घटनामा परेर घाईते भएकी रबिना दगांललार्ई आर्थिक सहायता सहित सम्मान गरेको छ।त्यस्तै बिभिन्न उपशाखाको भवन निर्माणमा जग्गा दानगर्ने जग्गा दाता तथा आर्थिक सहायता गर्ने ब्यक्ती र निजका परिवारलाई समेत सम्मान गरिएको थियो ।

No description available.

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति नारायण प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जमरकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो।

No description available.

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लगाएत सरकारी तथा गैह्र सरकारी संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्