रेडक्रस धादिङको स्वर्ण वर्षमा २६ जनाले गरे रक्तदान

धादिङ,१९ चैत।

धादिङ रेडक्रसको ५० औँ स्वर्ण वर्षको अवसरमा शनिबार धादिङबेशीमा बृहत खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजनामा रेडक्रस धादिङको ५० औँ स्वर्ण वर्ष तथा ३५ औँ साधारण सभाको अवसरमा भएको रक्तदान कार्यक्रममा ६ महिला र २० पुरुष गरी २६ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्