युवासंघ धादिङको अध्यक्षमा कमल सिलवाल चयन

धादिङ,२० चैत।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि धादिङको अध्यक्षमा कमल सिलवाल चयन हुनुभएको छ।शनिबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा भएको युवा संघ धादिङको ८ औँ जिल्ला सम्मेलनबाट सिलवालको अध्यक्षतामा १४५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

कमिटिको उपाध्यक्ष सुनिल तामाङ, सचिवमा हरि शरण जम्कटेल, उपसचिवमा साजन गुरुङ, युवराज खतिवडा र कोषाध्याक्षमा अजय गुरुङ रहेका छन्।सम्मेलनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक एवम नेकपा एमालेका केन्द्रिय सदस्य किरण पौडेलको प्रमुख आतिथ्यता तथा नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठिको बिशेष आतिथ्यता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्