बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

बुधबार मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले बुधबार मध्यराति १२ बजेदेखि  लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । मंगलबार मात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्