कुममा चाेट लागेपछि कमलसिंह ऐरी ६ साता मैदान बाहिर 

काठमाडौं, २० चैत

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो । खेल दौरान उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । 

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ । कमलको शल्यक्रिया डा‍ निरज केसी र डा. निरञ्जन सुवेदीको टिमले गरेकाे हाे ।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो । फाइनल खेल साेमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्नेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्