श्रीलंकामा समाजिक सञ्जालमा लागेको प्रतिबन्धप्रति सरकारका मन्त्री नै असन्तुष्ट

एजेन्सी
कोलम्बो, २० चैत
श्रीलंकाका मन्त्री तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका जेठा छोरा नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका  प्रतिबन्धमा  पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिबन्ध पूर्णरुपमा उपयोगहीन भएको बताउँदै उनले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ । गलत सूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीच राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला सरकारले संकटकाल घोषणा गरेको थियो । शनिबार साँझ देशव्यापी कर्फ्यू लगाएको सरकारले आइतबार सामाजिक सञ्जालमा रोक लगाएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबाय राजापाक्षेका भतिजा हुन् । उनले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा रोक लगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्