एकीकृत समाजबादी गंगाजमुनाको अध्यक्षमा ऐलीजर तामाङ चयन

धादिङ,२१ चैत।
नेकपा (एकीकृत समाजबादी) गंगाजमुना गाउँपालिकाको अध्यक्षमा ऐलीजर तामाङ चयन हुनुभएको छ। आईतबार सम्पन्न भेलाले तामाङको अध्यक्ष्यतामा ५२ सदस्यीय पालिका कमिटी चयन गरेको छ। कमिटिको सचिवमा बुद्धि घले रहनुभएको छ।

नेकपा (एकीकृत समाजबादी) गंगाजमुना गाउँपालिकाको इंचार्ज तारकेल गुरुङको अध्यक्षतामा भएको गाऊँकमिटी घोषणा कार्यक्रममा पार्टीका केंद्रीय उपमहासचिव पूर्व शिक्षामन्त्री डा.गंगालाल तुलाधारको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा नेकपा एमाले परित्याग गरी ५७ जनाएकीकृत समाजबादीमा प्रवेश गरेका छन्।

नव निर्वाचित अध्यक्ष तामाङले पदाधिकारी, सदस्य लगायत सम्पूर्ण नव प्रवेशीहरूलाइ बधाई दिदै एउटै मोर्चा संघठनमा आबद्ध भएर प्रतिक्रियाबादी शक्ति संग लड्ने बताउनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्