चट्टान आरोहण गर्न सिक्दै युवा

काठमाडौं, २२ चैत 

साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका-८ मा रहेको भीरमा चट्टान आरोहणमा एक हप्ताको प्रारम्भिक तालिम सञ्चालन भएको हो । 

तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले बताइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर र सुशान्त ढुंगेल पनि छन् ।

तालिमको आयोजना यामबहादुर (कमल) फाउडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरूले यो तालिममा सहभागिता जनाएका छन् । 

एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।

तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिँदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तव्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनीसमेत भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्