धादिङमा बस दुर्घटना हुदाँ १५ जना घाइते: तीनको अवस्था गम्भीर

धादिङ,२४ चैत।
धादिङको थाक्रे गाउँपालिका–७ जुंगेखोलामा बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । आज बिहान काठमाण्डौबाट धादिङबेसी आउदैँ गरेको बा ५ ख ७४ नम्बरको बस सडकमा पल्टिदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका भईरहेको भण्डारीले जानकारी दिनुभयो ।गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको छ।तस्विर:शिवराज आचार्य

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्