धादिङमा वडा तहदेखि समन्वय समितिसम्म तालमेल गर्ने गठबन्धनको निर्णय(निर्णय सहित)

धादिङ,२५ चैत।
धादिङका गठबन्धन दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् ।आज गल्छी गाउपालिका बैरेनीमा सम्पन्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूको संयुक्त बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समिति सम्म तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेकाले आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदल समेत गठन गरेको छ । बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्ने र अर्को बैठक २८ गते धादिङ वेशीमा बस्ने लगाएत बिभिन्न ८ बुँदे निर्णय गरेको छ ।

गठबन्धन दलहरु बिच हिलो छ्यापाछ्याप नगर्न र गठबन्धन दलहरु बिच एक अर्को सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको बैठकमा कांग्रेसको तर्फबाट दिलमान पाखिन, भिम प्र ढुंगना, विश्व अर्याल माओवादी केन्द्रबाट शालिकराम जम्कटेल, दल ब बुर्लाकोटी, मनराज भण्डारी , दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठ , एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर ,गुरु बुर्लाकोटी, ईन्दिरा ढुंगाना र शुवास खतिवडा त्यसैगरी जनता समाजवादीबाट राजु नेपाल, बिर ब. तामाङ , राम ब ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत मुख्य नेताहरुको उपस्थिति रहेको थियो ।

यस्ता छन्,आजका बैठकका निर्णयहरु :

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्