बागमती भित्र चल्ने सार्वजनिक सवारीको भाडा बढ्यो,बैशाखदेखि लागु हुने

काठमाडौं,२६ चैत।

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ।

बैशाख १ देखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरिएको बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ।

यस्तै, ट्याक्सीको भाडा पनि बढाइएको छ। प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ। यस्तै‚ प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्