कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ कै मूल्य यथावत

काठमाण्डौ,२९ चैत।
कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालकै मूल्य यथावत रहने भएको छ।विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले सोमवार एक सूचना निकालेर कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालका लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यहीअनुसार मूल्य लागू गराउन निर्देशन दिएको हो ।

केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार लागू गर्न/गराउन भनेको छ ।

केन्द्रले सूचनामा कक्षा ७ को ऐच्छिक विषयबाहेक सबै कक्षाका मूल्यसूची पनि प्रकाशित गरेको छ । विवरणमा समावेश नभएको कक्षा ९ को ऐच्छिक विषयको पाठ्यपुस्तकको हकमा भने पेजमा नै मूल्य छपाएर वितरण गर्ने जनाएको छ ।

mulya final website 2079

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्