रंगशाला निर्माणमा दक्ष जनशक्ति आवस्यक

आबश्यकता

काठमाण्डौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम दोस्रो चरणको लकडाउन तथा निषेधाज्ञामा पनि जारी छ । जनस्तरको लगानीमा चितवन स्थीत रामपुरमा निर्माणधिन नेपालको पहीलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट तथा बहुयदेशीय रंगसाला निमार्णको कार्य धमाधम भइरहेको धुर्मस सुन्तली फाउण्डेसनले जनाएको छ ।

दोस्रो चरणको निषेधाज्ञाभन्दा पहिले ३ पिच सहितको अन्तर्राष्ट्रिय स्तरको अभ्यास मैदान निर्माण सम्पन्न गरिसकेको फाउन्डेसनले हाल रंगशालामा प्यारापिटको पिल्लर ढलान गर्ने काम धमाधम गरिरहेको छ । मुख्य मैदानको निर्माण कार्यमा कहिलेकाही बर्षा बाधक भए पनि निमार्ण कार्य नरोकीएको फाउण्डेशनका सिताराम कट्टेल (धुर्मुस) ले जनाए ।

स्ट्याण्ड ‘ए’ र ‘बी’ को प्यारापिटमा पिल्लर उठाउन साउन एक गतेबाट सुरु गरीएकोमा ढलानको ६० प्रतिशतकार्य सम्पन्न भैसकेको छ भने स्ट्याण्ड ‘सि’ र ‘डी’ को पिल्लर ढलान समेत सुरु भएको छ ।क्रिकेट रंगशाला तीस हजार दर्शक क्षमताको हुने भएको कारण पिल्ला निर्माणमा केही दिन अरु लाग्न सक्ने जनाईएको छ । यस्तै निमार्णाधीन रंगशालामा ७ हजार ५ सय दर्शक क्षमताका दुई स्ट्याण्ड ‘ए’ र ‘बी’ रहनेछन् ।

रंगशाला निर्माणमा सघाउ पुर्याउन दक्ष जनशक्तिलाई फाउण्डेशनको अपिल

धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो आधिकारीक फेसबुक पेजमा दक्ष जनशक्तिको माग गर्दछौँ भन्दै काममा सघाउन अपिल गरेको छ ।

‘हामीले सुरुवाती दिनदेखि नै रङगशाला निर्माण अभियानको लागी दक्ष जनशक्ति , अनुभवी ब्यक्तित्व तथा विषय बिज्ञहरुसंग सहकार्य तथा उहाँहरुको सल्लाह सुझाव अनुसार निर्माणको कामलाई अगाडि बढाइरहेका छौँ । सोही अनुरुप विभिन्न बिधामा दक्षता हाशिल गर्नुभएका ब्यक्तित्वहरु जोडिनु भएको छ । यो विषम परिस्थितिमा पनि हामिले निर्माणको कामलाई निरन्तरता दिईरहेका छौँ । अझै हामिलाई यहाँहरु जस्तो कन्स्ट्रक्सन सम्बन्धि , इस्टक्चर सम्बन्धि , सेफ्टी सम्बन्धि , इलेक्ट्रिक तथा प्लम्बिङ सम्बन्धि र मेसिन सम्बन्धि अनुभव भएको ब्यक्तित्वहरुको खाँचो छ । कृपया हामीलाई सम्पर्क गरि राष्ट्र निर्माणको यो बिशाल अभियानमा सहभागी हुनुहुन हार्दिकताका साथ अपिल गर्दछौं ।’ फाउण्डेसनले भनेको छ ।

लकडाउनको समयमा समेत नरोकिएको निमार्ण कार्यमा हाल जनशक्ति अभाव भएको फाउण्डेसनले जनाएको छ । हाल मैदान निर्माणमा १५२ कामदार खटिएका छन् । निमार्ण कार्यको गतीमा कुनै अवरोध नहोस भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले बिभिन्न कामदारहरुको बीमा गरेको छ भने फाउण्डेशनले कन्स्ट्रक्सन सम्बन्धि , इस्टक्चर सम्बन्धि , सेफ्टी सम्बन्धि , इलेक्ट्रिक तथा प्लम्बिङ सम्बन्धि र मेसिन सम्बन्धि ज्ञान तथा अनुभव भएका दक्ष जनशक्तिको माग समेत गरेको छ ।@merokhel

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्