ज्वालामुखीको ‘भट्टगाउँ’ नमुना सफा तथा स्वच्छ गाउँ घोषणा

धादिङ,०१ बैशाख।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को भट्टगाउँलाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ ।

पुर्ण सरसफाई अभियान अन्तरगत ५ स्वच्छता व्यवहार र सो व्यवहार प्राप्त गर्न १५ वटा सुचकहरु उल्लेख गरी गत बर्षदेखी ८० घुरधुरी समेटी अभियान सन्चालन गरिएको थियो ।वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाको प्रमुख आतिथ्य रहेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडाको विशेष आतिथ्य रहेको कार्यक्रममा शान्ति नेपालको कार्यकारी समितिका सचिव मणीराज श्रेष्ठ तथा सल्लाहकार डा.कृष्णमान शाक्य र कार्यकारी निर्देशक पिआर शर्माको उपस्थिती रहेको शान्ति नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यले जानकारी दिनुभयो।शान्ति नेपालले धादिङमा खानेपानी,पोषण र सरसफाईको क्षेत्रमा काम गर्दै आईरहेको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्