गायक तथा संगीतकार लालकाजी श्रेष्ठको ‘चमत्कार’ सार्वजनिक(भिडियो सहित)

धादिङ ०१ वैशाख
गायक तथा संगीतकार एवं सञ्चारकर्मी लालकाजी श्रेष्ठको ‘चमत्कार’ बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा आज बिहिबार स्काइ टिभि नेपाल युबट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

श्रेष्ठकै शब्द सिर्जना, संगीत र एरेन्ज रहेको गितमा पछिल्लो समय युवायुवतीमा एक अर्कामा प्रेम हुने र सम्बन्धमा फाटो आएपछि विभिन्न आरोप लगाएर फसाउने प्रवृतिको उठान गर्न खोजिएको छ ।

मनिष श्रेष्ठ र विनोद तमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा कलाकार मनिष श्रेष्ठ, बिनोद तमु, रवि भट्टराई, सरु तामाङ, अनिष श्रेष्ठ, प्रकाश अछामी लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :
https://youtu.be/joIZckYFeR4

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्