३ हजार ४८९ कोरोना परीक्षणमा १२ संक्रमित थपिए, मृत्यु शून्य

धादिङ,०४ बैशाख ।

नेपालमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार ४८९ कोरोना परीक्षण गर्दा १२ संक्रमित थपिएका छन् भने ३६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ७५ जना मात्रै रहेका छन्। देशभर २ हजार ७५० आरटी पिसिआर परीक्षणमा ११ जना र ७ सय ३९ एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै संक्रमण कारण मृत्यु हुने शुन्य रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ३३९ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

देशभर आजसम्म ११ लाख १८ हजार ८९३ कोभिड संक्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्