भोलिदेखि तीन दिनसम्म तातो हावा चल्न सक्ने : सावधानी अपनाउन विज्ञको अनुरोध

धादिङ,०४ बैशाख ।
भोलिदेखि तीन दिनसम्म देशका विभिन्न प्रदेशमा तातो हावा चल्न सक्ने भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स)ले जनाएको छ। लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले अनुरोध गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ ।

अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएकाले पानी बढी मात्रामा पिउन, लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समय वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा घाममा धेरै समय काम नगर्न विज्ञहरूको सुझाव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्