६ खेल अघि नै पीएसजीलाई फ्रेन्च लिगको उपाधि

काठमाडौं, ५  वैशाख
दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ११औँ पटक  फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो ।

जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ ।

खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्‍याे।

पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि रक्षा गर्न सफल भयो ।

योसँगै यसै सिजन बार्सिलोनाबाट फ्रान्स झरेका स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च लिगको पहिलो उपाधि हात पारेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्