थाहा पाउनुहोस,तपाईको आजको राशिफल

काठमाडाैं, ५ वैशाख

५ वैशाख, २०७९ सोमबार । तद्नुसार अप्रिल महिनाको १८ तारिक २०२२ । वैशाखकृष्णपक्ष द्वीतीया, श्रीसूर्य उत्तरायण वसन्तऋतु, तैलित करण स्वाती नक्षत्र, सिद्धि योग, चन्द्रमा तुला राशीमा छ ।

आज बिहान सूर्योदय ५ः३९ मा भएकाे छ भने सूर्यास्त १८ः३० मा हुनेछ । आजको देवता गणेश र ग्रहदेव मंगल हुन् । सोमबार देवादिदेव महादेवका प्रिय बार हो । सोमबारको दिन शिवालय यात्रा गर्दा मन प्रसन्न हुनेछ । आज बिहान ७ः१४ देखि ८ः५० सम्म राहुकाल छ ।

राहुकाल भएको भएको समयमा शुभकार्य नगर्नु भएको छ । आज ११ः३८ देखि १२ः२९ सम्म शुभ समय रहेको छ । अभिजित मुर्हूत भएको समयमा गरेका कामहरु सफल हुनेछन् । आर्थिक कारोबार, बाहन खरिद र शुभकार्यको लागि सोमबार उपयुक्त मानिन्छ । सोमबारको दिन शिवध्यान साधना गर्नु पर्दछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिको जातकका लागि आजको दिन अर्थ लाभ हुनेछ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्ने भएकाले  ध्यान दिनुहोला । सकारात्मक सोच, चिन्तन र परोपरकारी सोचले फाइदा हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ । तर, मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । सकारात्मक सोचकाअनुसार सबैको भलो चिताएर काम गर्नु बेस हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज समय र दिन अनुकुल छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । त्यसैले जे सोचेर काम गर्नुहुन्छ फल प्राप्त हुनेछ । सबैको भलो सोचेर काम गर्नुभयो भने भलो हुनेछ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा चिन्ता छाउन सक्छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईंका संकट समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकका लागि आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ रहेको छ ।  तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिला दुवैले  आजको दिन कसैसँग विवाद नगर्नु नै वेबस हुनेछ । शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नुभयो भने उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ । चन्द्रमाको साथ छ ।

आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । सकारात्मक सोचका कारण मनमा खुसियाली छाउनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धन लाभ हुनेछ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ। 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : अर्थलाभ हुने संभावना  छ । कसैलाई अर्थ सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात मीन राशिका जातकले आजको दिन कुनै पनि शुभकर्म गर्नुभएको छ साताका दिनमा नयाँ सफलता मिल्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्