देशभर ४ हजार ६९१ कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि

धादिङ,०५ बैशाख ।

देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ४ हजार ६९१ कोरोना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ हजार ६ सय आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९ जना र १ हजार ९१ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३४ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या ३ सय ५० रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ९०३ कोभिड संक्रमित भएको छ भने सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्