कस्ताे छ आजकाे माैसम ?

काठमाडाैं, ६ वैशाख

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।
बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा  क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्