सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणकाे निम्ताे

काठमाडाैं, ६ वैशाख।

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ ।

भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा दुबै देशकाे हकहितका बारेमा छलफल भएकाे हाे ।

उनीहरुले एकअर्कालाई तुलसीकाे  बिरुवा दिएका थिए । भारतकाे उत्तराखण्ड र नेपालकाे सुदूरपश्चिम क्षाेत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएकाे थियाे ।

मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् । मुख्यमन्त्रीकाे सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्