आजदेखि कृषि गणना सुरु

काठमाडौं, ६ वैशाख।

धादिङ सहित देशैभर आजदेखी कृषि गणना सुरु आजदेखि धादिङ सहित देशभर कृषि गणना सुरु भएकोे छ । ७ सय ५३ वटै पालिकामा सातौँ कृषि गणना सुरु भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । 

पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुनेछ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ । “कृषि योजना र विकासको मुल आधार,पारौँ कृषिगणना २०७८ साकार ” भन्ने मुल उदेश्यको साथ धादिङमा पनि आजदेखी कृषि गणना सुरु भएको कृषि गणना अधिकृत नन्दलाल सापकोटाले जानकारी दिनुभयो । 

गणना जेष्ठ १९ गतेसम्म सञ्चालन हुने छ। धादिङमा एकसय जना जनशक्ति परिचालन गरि पालिका स्तरीय कृषको तथ्याङक संकलन गरिने सापकोटाले जानकारी दिनुभयो । नेपालमा बि.स.२०१८ सालदेखी केन्द्रिय तथ्याङ बिभागले हरेक १०÷१० बर्षमा राष्टिय कृषिगणना सञ्चालन गदै आएको छ ।

तथ्याङक सँकलनको लागी घरदैलोमा आउने गणक र सुपरीबेक्षकहरुलाई कृषि सम्बन्धि सहि विवरण दिएर सहयोग गरीदिन आग्रह गरिएको छ । धादिङमा १३ वटा स्थानीय तह समेट्ने गरि २ सय २३ वटा गणना क्षेत्र तोकिएको छ ।

कृषि गणनाका लागि देशभर पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेका छन् । यसअघि २०६८ मा कृषि गणना भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्