नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष तामाङद्धारा स्कुटर र ल्यापटप फिर्ता

धादिङ,०६ बैशाख ।

नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला तामाङ गुरुङले आफुले प्रयोग गर्दै आएको सेवा सुविधा गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।

मंगलबार (आज) गाउँपालिकाको कार्यालयमा उपस्थित भई उपाध्यक्ष गुरुङले प्रदेश ३–००१ ब २१३ नम्बरको स्कुटर र ल्यापटप गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर पौडेल मार्फत गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

आगामी स्थानीय तहको निर्वाचन नजिकिएको बेला गाउँपालिकाबाट लिएको सेवा सुविधा फिर्ता गर्ने पहिलो जनप्रनितिधि उपाध्यक्ष गुरुङ हुन् । अहिलेसम्म उपाध्यक्ष बाहेकका अन्य जनप्रतिनिधिहरु कसैले पनि सेवा सुविधाहरु फिर्ता गरेका छैनन् ।

आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार दावेदार समेत गरिरहेका तामाङले आफुले गाउँपालिकाबाट लिएको सेवा सुविधा फिर्ता गरेको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्