२४ घण्टामा १० संक्रमित थपिए, सक्रिय संक्रमित जम्मा ३३४ जना

धादिङ,०६ बैशाख।

देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ४ हजार ४०३ कोरोना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ हजार ५८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३४५ एन्टीजेन परीक्षण गर्दा शून्य रहेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २६ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या ३ सय ३४ रहेको छ ।देशभर आजसम्म ११ लाख १८ हजार ९१३ कोभिड संक्रमित भएको छ भने सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६६ हजार ३९९ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्